मोरङको जहदा गाउँपालिकाबाट प्रहरीले एक हजार एक सय किलो भन्दा बढी गाँजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
दिउँसो ३ बजेको समयमा जहदा गाउँपालिका बडा नम्बर –७, सितमटोलको एक घरबाट प्रहरीले लागु औषध (गाँजा) भण्डारण गरी राखेको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
प्रहरी कार्यालय मोरङबाट गएको प्रहरी टोलीले जहदा गाउँपालिका वडा नम्बर –७ बस्ने वर्ष २७ को उमेश कामतको घरबाट कालो प्लाष्टिकमा प्याक गरी राखेको अवस्थामा ३४ पोका गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए।
प्रतिपोका ३२ किलोग्रामका दरले जम्मा १०८८ किलोग्राम लागू औषध (गाँजा) फेला परेको उनले जानकारी दिए। गाँजा सञ्चय गर्ने कार्यमा संलग्न मध्येका उमेश कामतलाई पक्राउ गरिएको जोशीले बताए।
त्यस्तै जहदा ५ का वर्ष ३३ का अरविन्द कुमार साहलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। उनको घरबाट कालो प्लास्टिकमा लुकाई राखेको अवस्थामा १५ किलो गाँजा फेला पारी पारेको डीएसपी जोशीले जानकारी दिए।
उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्तिहरूको साथबाट भारतीय र नेपाली रुपैयाँ समेत बरामद गरेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया