कोशी


बिरामीलाई अस्पताल पुर्‍याएर फर्किएको एम्बुलेन्स दुर्घटना हुँदा चालककाे मृत्यु

बिरामीलाई अस्पताल पुर्‍याएर फर्किएको एम्बुलेन्स दुर्घटना हुँदा चालककाे मृत्यु

नेपालखबर
चैत ३, २०८१ आइतबार ११:२०, विराटनगर

मोरङको बूढीगंगामा एम्बुलेन्स दुर्घटना हुँदा चालककाे मृत्यु भएको छ।

कोसी राजमार्गअन्तर्गत बूढीगंगा गाउँपालिका-३ मा गएराति एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको हाे।

गंगा चोकबाट नेमुवातर्फ जाँदै गरेको मनमाया श्रेष्ठ स्मृति प्रतिष्ठान मोरङको को १ च ४७७४ नम्बरको एम्बुलेन्स सडकको डिभाइडरमा ठोकिएको हो।

दुर्घटनामा एम्बुलेन्स चालक उदयपुरको पञ्चवती घर भई बूढीगंगा-२ बस्दै आएका २४ वर्षीय आशिष राईको मृत्यु भएको मोरङका ट्राफिक प्रहरी प्रमुख राजन लम्सालले जानकारी दिए।

दुर्घटनामा चालक राई गम्भीर घाइते भएकामा उपचारका लागि विराट मेडिकल कलेज उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

बिरामीलाई अस्पताल पुर्‍याएर चालक घर फर्किंदै गर्दा एम्बुलेन्स दुर्घटना भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad