कोसी प्रदेश सभामा बोल्ने सांसदले कोसी प्रदेशमा सिटी रिक्सा व्यवस्थापनको माग गरेका छन्। कोसी प्रदेश सभाको शून्य समयमा बोल्दै सांसद मिना श्रेष्ठले सिटी रिक्साले धेरे बेरोजगार युवालाई रोजगारीको अवसर सिर्जना गरेको भए पनि सहरलाई अस्तव्यस्त बनाएको बताइन्।
सिटी रिक्साले सहर र ट्राफिक व्यवस्थापनको लागि ध्यान दिन आग्रह गरिन। व्यवस्थापनको लागि निश्चित पार्किङ स्थान, चार्ज स्टेसन, सिटी लेन, ट्राफिक सचेतना सचेतना प्रदान गर्न उनले सरकारलाई आग्रह गरिन्।
‘जता त्यतै सिटी रिक्साको कारण बजारलाई अव्यवस्थित बनाएको छ,’ उनले भनिन्, ‘सिटी रिक्साको उचित व्यवस्थापन नगर्दासम्म सिटी रिक्साको दर्ता प्रक्रिया नै रोक्न सरकारको ध्यानाकर्षण गराउँदछु।’
उनले लाइसेन्स र इन्स्योरेन्सको व्यवस्थापनलाई सहज बनाउने खालको वातावरण बनाउन आग्रह गरिन्। केही सिटी नगरपालिकामा दर्ता भएको, केही यातायात कार्यालयमा र केही सिटी रिक्साहरू दुवै निकायमा दर्ता गर्दा आर्थिक अवस्था कमजोर रहेका यस्ता सिटी चालकहरुलाई समस्या रहेको बताइन्।
उनले सिटी रिक्साको रुट निर्धारण गर्न पनि उनले आग्रह गरिन्।
मोरङका प्रदेश सभा सदस्य खड्गबहादुर बस्नेतले कोसी प्रदेश सरकारले पुँजीगत खर्चको प्रगति राम्रो नभएकोले सरकारको ध्यानाकर्षण गराए। उनले काम हुन नसक्नुको कारण भनेको ठेक्का सम्झौतामा हुने ढिला सुस्तीले गर्दा भएकोले साना योजनाहरू उपभोक्ता मार्फत काम गराउन आग्रह गरे।
२०–२५ लाखसम्मका योजनालाई उपभोक्ता समिति मार्फत काम गराउँदा काम चाँडो हुने र उपभोक्ताले अपनत्व महसुस गर्ने समेत बताए।
प्रदेशसभा सदस्य गितारानी महतोले विराटनगर १४ को जतुवा खानेपानी आयोजनाको काम लामो समयदेखि अलपत्र परेको बताइन्। उनले भौतिक संरचना निर्माण भएको १५।१६ वर्ष भइसक्दा पनि अझै सञ्चालनमा आउन नसकेको प्रदेश सभामा जानकारी गराइन्।
सोलुखुम्बुका सांसद गम्बु शेर्पाले आगलागी पीडित परिवारको अहिले पनि बिचल्ली भएर बस्नु परेको बताए। आगलागी पीडितलाई तत्काल प्रदेश सरकारले राहत उपलब्ध गराउन माग गरे।
Shares

प्रतिक्रिया