खेल


अमेरिकामा भूपेन्द्रलाई २ स्वर्ण

अमेरिकामा भूपेन्द्रलाई २ स्वर्ण

नेपालखबर
माघ २१, २०८१ सोमबार १६:१९, काठमाडौँ

नेपालका भूपेन्द्र गुरुङले ब्याटल अफ ड्रागन्स विश्व च्याम्पियनसिपमा २ स्वर्ण जितेका छन् । अमेरिकाको एट्लान्टिक सिटीस्थित ट्रोपिकानो होटलमा भएको प्रतियोगितामा भूपेन्द्रले २ फरक स्पर्धामा २ स्वर्ण जितेका हुन्।

उनले कुङफु फम्सको छान् छवान् र म्युजिकल फम्सको ताइचीमा स्वर्ण जिते। प्रतियोगितामा नेपाल, क्यानडा, मेक्सिको, इजरायल, रोमानिया, बहमास, बंगलादेश, भारत, क्युबासहित अमेरिकाका विभिन्न २० मार्सल आर्ट्स स्कुलका करिब ३ सय खेलाडीले प्रतिस्पर्धा गरेको बताइएको छ। भूपेन्द्रको टिम व्यवस्थापकमामा मनित गुरुङ रहेका छन्।

गत नोभेम्बर यता अमेरिकामा भूपेन्द्रले खेलेको यो तेस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो। यसअघि भूपेन्द्रले १५ औँ गोल्डेन ड्रागन च्याम्पियनसिपको २ स्पर्धामा २ रजत जितेका थिए। छैटौँ एनुएल बक्स काउन्टी विन्टर मार्सल आर्ट्स च्याम्पियनसिपमा समान १–१ स्वर्ण र रजत गरी २ पदक जितेका थिए।

त्यसअघि उनले विभिन्न ३ अन्तर्राष्ट्रिय प्रतियोगितामा ३ स्वर्ण पदक जितेका छन्। उनले सन् २०१८ मा जर्मनीमा भएको विश्व च्याम्पियनसिप, सन् २०१९ मा थाइल्यान्डमा भएको सातौँ विश्व कुङफु च्याम्पियनसिप र सन् २०२२ मा युकेमा भएको युरोपियन च्याम्पियनसिपमा स्वर्ण जितेका थिए। भूपेन्द्र नेपाल उमा कुङफु संघका उपाध्यक्ष पनि हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad