कोशी


वक्तृत्वकला प्रतियोगितामा पूर्वराष्ट्रपति भण्डारी आउने, ५० विद्यालयले सहभागिता जनाउँदै

वक्तृत्वकला प्रतियोगितामा पूर्वराष्ट्रपति भण्डारी आउने, ५० विद्यालयले सहभागिता जनाउँदै

सुमन सुस्केरा
माघ १०, २०८१ बिहिबार १७:३५, विराटनगर

चुडाकवि स्मृति प्रतिष्ठानले आयोजना गर्ने वक्तृत्वकला कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आउने भएकी छिन्। 

माघ १६ गते स्मृति बोर्डिङ स्कुलमा हुने वक्तृत्वकला प्रतियोगितामा प्रमुख अतिथिको रूपमा पूर्व राष्ट्रपतिलाई निम्ता गरिएको आयोजकले जनाएको छ। 

चुडाकवि स्मृति प्रतिष्ठानले विराटनगरमा पत्रकार सम्मेलन गरी मोरङ जिल्ला स्तरीय वक्तृत्वकला  प्रतियोगितामा मोरङ जिल्लाका सामुदायिक तथा संस्थागत तर्फका ४८ विद्यालयले सहभागिता जनाउन दर्ता भइसकेको र बाँकी विद्यालयहरू गरी ५० बढी विद्यालय प्रतिस्पर्धामा आउने जानकारी दिइएको छ।

प्रतिष्ठानका महासचिव रिता  न्यौपानेले  यसअघि स्मृति बोर्डिङ स्कुलको नेतृत्वमा हुँदै आएको यो प्रतियोगिता यस वर्षदेखि चुडाकवि फाउन्डेसनले आयोजना गर्न लागेको जानकारी दिइन्। 

‘भौतिक पूर्वाधार विकास कि सामाजिक पूर्वाधार विकास’ शीर्षकको वक्तृत्वकला प्रतियोगितामा उत्कृष्ट पक्ष र विपक्ष दुवै समूहलाई नगदसहित शिल्ड र प्रमाणपत्र प्रदान गरिने न्यौपानेले जानकारी दिइन्।

‘प्रथम पुरस्कार २० हजार, द्वितीय पुरस्कार १५ हजार र तृतीय पुरस्कार ११ हजार रुपैयाँ प्रदान  गरिने छ,’ उनले भनिन्, ‘सहभागी हुने सम्पूर्ण विद्यालयहरूलाई विशेष प्रमाणपत्र प्रदान गरिनेछ।’ 

प्रतियोगितामा मोरङ जिल्लाका सामुदायिक तथा संस्थागत तर्फका ४८ वटा माध्यमिक विद्यालयहरूबाट प्रत्येक विद्यालयका एक/एक जना छात्र र छात्रा सहभागिता रहने बताइएको छ।

प्रतिष्ठानका सचिव सागर बरालले वालवालिकाको नेतृत्व क्षमता र तर्क शक्तिको विकासको लागि वक्तृत्वकला प्रतियोगिता गर्न लागिएको बताए। बिगत चार बर्षदेखि हुँदै आएको प्रतियोगितालाई यो बर्ष विशेष बनाउन लागिएको उनको भनाई छ। 

प्रतियोगिताको निर्णायकमा सिस्नु पानी नेपालका सरोज घिमिरे, साहित्यकार तथा लेखक सुविन भट्टराई, शिक्षा क्षेत्रका भेषजा काफ्ले लगायत रहने जनाईएकोछ। 

प्रतिष्ठानले बुढीगंगा गाउँपालिकामा कार्यरत ३८ जना महिला स्वयंसेविकाहरूलाई समेत सम्मान गर्ने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad