कोशी


इलाम २ मा मतगणना थाल्नुअघि सर्वदलीय बैठक

इलाम २ मा मतगणना थाल्नुअघि सर्वदलीय बैठक

मतगणना स्थल


नेपालखबर
बैशाख १६, २०८१ आइतबार ७:८, काठमाडौँ

प्रतिनिधि सभा सदस्य चयनका लागि शनिबार इलामको निर्वाचन क्षेत्र नम्बर २ मा सम्पन्न उपनिर्वाचनको मत गन्ने तयारी भइरहेको छ।

यसका लागि अहिले सर्वदलीय बैठक राखिएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। 

‘सबै राजनीतिक दल उम्मेदवारसहित सरोकारवालालाई सर्वदलीय बैठकमा बोलाएका छौँ, भेला हुने क्रम जारी छ‘, प्रमुख जिल्ला अधिकारी यादवले नेपालखबरसँग भने, ‘बैठक सकिएलत्तै हामी मतगणना सुरु गर्छौं।’

मुख्य निर्वाचन अधिकृत केशव घिमिरेका अनुसार सबै मतदान केन्द्रबाट मतपेटिका इलामस्थित गौतम बुद्ध सभा हलमा ल्याइसकिएको छ।

हलका दुई स्थानमा मत गणना हुने छ। मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मतगणना स्थलमा तारले घेरेर सीसीटीभी जडान गरिएको छ।  

सर्वदलीय बैठक पनि मतगणनास्थलमै आयोजना गरिएको प्रमुख जिल्ला अधिकारीले यादवले जानकारी दिए। 

इलाम २ मा शनिबार भएको मतदानमा १ लाख १५ हजार ८ सय ८९ मतदातामध्ये ६६९ हजार २ सय ८७ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यो भनेको ५९ दशमलव ७९ प्रतिशत मत खसेको हो।

इलाम–२ मा १२ राजनीतिक दल र ७ स्वतन्त्र गरी जम्मा १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। उक्त क्षेत्रमा नेकपा एमालेका सुहाङ नेम्बाङ, नेपाली कांग्रेसका डम्बर खड्का, रास्वपाका मिलन लिम्बू र स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .