कोशी


प्रहरीलाई देखेर भागेका व्यक्ति तीन दिनपछि पोखरीमा मृत भेटिए, विराटनगरमा तनाव

प्रहरीलाई देखेर भागेका व्यक्ति तीन दिनपछि पोखरीमा मृत भेटिए, विराटनगरमा तनाव

नेपालखबर
असार २६, २०८३ शुक्रबार १५:१६, विराटनगर

मोरङको विराटनगर महानगरपालिका–१८ भेडियारीस्थित पोखरीमा डुबेर बेपत्ता भएका एक युवक तीन दिनपछि मृत फेला परेका छन्।

गाँजासहितको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिन खोज्दा भागेका विराटनगर–१८ का मञ्जितकुमार यादव शुक्रबार मृत भेटिएको प्रहरीले जनाएको छ।

गत बुधबार बीआर ५० एएल ३६८७ नम्बरको भारतीय मोटरसाइकललाई प्रहरीले चेकजाँचका लागि रोक्न खोज्दा चालक मञ्जित मोटरसाइकल छाडेर भागेका थिए। प्रहरीका अनुसार, भाग्ने क्रममा उनी नजिकैको पोखरीमा पसेका र त्यसपछि बेपत्ता भएका  थिए।

उनको शव आज पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी डीएसपी महेन्द्र कुमार मिश्रले जानकारी दिए।

सोही मोटरसाइकलको पछाडि सवार रहेका एक भारतीय नागरिकलाई भने प्रहरीले सोही दिन गाँजासहित पक्राउ गरेको थियो। पक्राउ पर्नेमा भारतको सुपौल जिल्ला गनौरा पञ्चायत–५ का ४१ वर्षीय शिवधर यादव रहेका छन्। उनको साथबाट प्रहरीले ६ किलो १३० ग्राम गाँजा बरामद गरेको थियो।

प्रहरीले बरामद गरेको गाँजा र मोटरसाइकलसहित पक्राउ परेका शिवधरलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान अघि बढाएको छ। 

प्रहरीका कारण एउटा निर्दोष ब्यक्तिले अनाहकमा ज्यान गुमाएको भन्दै प्रहरीका विरूद्व रानीमा स्थानीयले प्रदर्शन गरेका छन्। विराटनगरको आईसिपी नजिकै प्रहरी र स्थानीय बिच केहिबेर झडप भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad