ad ad

कोशी


प्रदेशसभाको बैठक छाडेर काठमाडौं लागिन् कोशीकी उपसभामुख, संकटमा मुख्यमन्त्री

प्रदेशसभाको बैठक छाडेर काठमाडौं लागिन् कोशीकी उपसभामुख, संकटमा मुख्यमन्त्री

नेपालखबर
भदौ ४, २०८० सोमबार ८:४८, काठमाडौँ

मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिन आज (सोमबार) का लागि आह्वान गरिएको प्रदेशसभाको बैठक छलेर कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवार काठमाडौँ लागेकी छन्। 

त्यहाँका तत्कालीन सभामुख बाबुराम गाैतमले राजीनामा दिएका कारण उपसभामुख दनुवारले प्रदेशसभाको बैठक सञ्चालन गर्नुपर्ने थियो।

तर आज दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक बोलाएर उपसभापति दनुवार काठमाडौं लागेकी हुन्।

उनी बिहान साढे ८ बजे यति एयरलाइन्सको जहाजबाट काठमाडौं उडेकी हुन्।

उनले प्रदेशसभा सचिवालयलाई आफू आज बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएकी छन्। 

योसँगै मुख्यमन्त्री थापाले विश्वासको मत लिने कार्यक्रम अन्योलमा परेको छ। 

यस्तै मुख्यमन्त्री थापाले आज विश्वासको मत लिने भएपछि विपक्षी दलहरू नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले हिजै आफ्ना सांसदहरूलाई बिदामा राखिसकेको छ। 

कूल ९३ सदस्य रहेको कोशी प्रदेशसभामा सत्ता गठबन्धनका दल कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ गरी ४७ सांसद छन्।

उता प्रतिपक्षतर्फ एमालेका उपसभामुखसहित ४० र राप्रपाका ६ गरी ४६ प्रदेश सदस्य छन्। प्रदेशसभामा विश्वासको मत लिँदा बहुमत पाउन ४७ सदस्यको समर्थन चाहिन्छ। 

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:[email protected]
    News:[email protected]

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    [email protected]
    Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .