ad ad

राजनीति


पुराना कम्युनिस्ट नेता रामप्रसाद राईको निधन

पुराना कम्युनिस्ट नेता रामप्रसाद राईको निधन

नेपालखबर
भदौ ४, २०८० सोमबार ८:४९, काठमाडौँ

सिन्धुली घर भएका पुराना कम्युनिस्ट नेता रामप्रसाद राईको ८० वर्षको उमेरमा निधन भएको छ। 

उपचारको क्रममा आइतबार दिउँसो ललितपुरस्थित पाटन अस्पतालमा उनको निधन भएको हो। 

सिन्धुलीको हरिहरपुरगढी-४ स्थायी घर भएका राई बिरामी भएपछि केही दिनअघि पाटन अस्पताल भर्ना भएका थिए। 

राईको पार्थिव शरीरलाई आइतबारै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ। 

अन्त्यष्टिअघि माओवादी केन्द्रका उपमहासचिव गिरीराजमणि पोखरेलले पशुपति आर्यघाट पुगेर कम्युनिस्ट पार्टीको झण्डा ओडाएर राईप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। 

माओवादी केन्द्रका नेताहरु लिलामणि पोख्रेल, शशी श्रेष्ठ, सिन्धुलीबाट निर्वाचित सांसद राजन दाहाल, बागमती प्रदेशका मन्त्री गंगा नारायण श्रेष्ठ लगायतका नेताले पनि आर्यघाटमै पुगेर राईप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

राई २०२८ सालदेखि संगठित रुपमा कम्युनिस्ट आन्दोलनमा लागेका थिए। 

निरंकुश पञ्चायती व्यवस्थाविरोधी आन्दोलनको क्रममा राईले सिन्धुलीमा ऋषि देवकोटा आजाद, चित्रबहादुर आलेसहितका कम्युनिस्ट नेताहरुसँग मिलेर सामन्तको भकारीफोर आन्दोलन, तमसुक फट्टा आन्दोलन लगायतका आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। 

सादगी र निष्ठावान नेता राईले सिन्धुली र सर्लाही जिल्लालाई कार्यक्षेत्र बनाएर पन्चायती व्यवस्था बिरोधि आन्दोलनसँगै विभिन्न चरणका निरंकुशताविरोधी आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको माओवादी नेता पोखरेलले बताए। 

राईका तीन श्रीमती र पाँच जना छोरा छन्। 

राईको असमाहिक निधनले जिल्लाको कम्युनिस्ट आन्दोलनमा अपुरणीय क्षति पुगेको सिन्धुलीका पुराना कम्युनिस्ट नेता रामकुमार पौडेलले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .