कोशी


व्यक्तिको जग्गामा वृक्षरोपण नगर्न धरानका मेयर साम्पाङलाई अदालतको आदेश

व्यक्तिको जग्गामा वृक्षरोपण नगर्न धरानका मेयर साम्पाङलाई अदालतको आदेश

नेपालखबर
साउन ११, २०८० बिहिबार २१:३०, काठमाडौँ

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई सर्दु जलाधार क्षेत्रमा व्यक्तिले भोगचलन गर्दै आएको जग्गामा वृक्षरोपण नगर्न उच्च अदालत विराटनगरले अन्तरिम आदेश जारी गरेको छ। 

बिहीबार धरान–४ की रोजिना अधिकारीले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश मिलन राईको एकल इजलासले सो आदेश दिएको हो।

अधिकारीले भोगचलन गरिरहेको जग्गामा अनधिकृत रूपमा प्रवेश गर्ने, विरुवा रोप्ने जस्ता कार्य निवेदनको अन्तिम टुङ्गो नलागेसम्म नगर्न उच्च अदालतले आदेश दिएको हो। 

केहीदिन अघि मेयर साम्पाङसहितको टोलीले वृक्षरोपण गर्दा दुई समूहबीच विवाद उत्पन्न भएको थियो। 

साथै, मेयर साम्पाङलाई १५ दिनभित्र अदालतमा हाजिर हुन आदेश भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad