ad ad

कोशी


विश्वासको मत मागेर मुख्यमन्त्री कार्की संसद्‌ बैठकबाट भागेको आरोप

विश्वासको मत मागेर मुख्यमन्त्री कार्की संसद्‌ बैठकबाट भागेको आरोप

फाइल तस्बिर : मुख्यमन्त्री हिक्मतकुमार कार्की


नेपालखबर
असार १५, २०८० शुक्रबार ९:८, काठमाडौँ

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की बिहीबार विश्वासको मत माग्दामाग्दै संसद् (प्रदेशसभा) छलेर भागेको आरोप लागेको छ।

बिहीबार आयोजित प्रदेशसभाको बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत माग्दै प्रस्ताव पेस गरेका थिए। त्यससपछि प्रमुख प्रतिपक्ष र प्रतिपक्ष दलका सांसदहरूले आफ्नो धारणा राख्दै विश्वासको मत दिन नसक्ने बताएका थिए। 

त्यसपछि मुख्यमन्त्री भागेको आरोप कोशी प्रदेश कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले लगाएका हुन्। 

‘विश्वासको मत लिन मुख्यमन्त्रीले प्रदेशसभामा पेस गर्नुभयो’, राईले भने, ‘त्यसपश्चात् प्रमुख प्रतिपक्ष र प्रतिपक्ष दलका नेताहरूले आफ्नो धारणा राख्दै विश्वासको मत दिन नसक्ने धारणा राख्नुभयो। त्यसपश्चात् मुख्यमन्त्री टाप! संसद् छलेर कति भाग्ने हो?’

उता एमालेले भने आफ्नो आग्रहमा आज बिहान ११ बजेसम्मका लागि प्रदेशसभाको बैठक स्थगन गरिएको दाबी गरेको छ। आज बिहान ११ बजे बस्ने बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने बताइएको छ। 

एमाले नेतृत्वमा रहेको प्रदेश सरकारमा रहेका माओवादी केन्द्र र जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्की संकटमा छन्। प्रदेश सभामा रहेका नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई समर्थन दिने बताएका छन् भने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी विपक्षमा उभिएका छन्।

९२ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ। एमाले र राप्रपासँग ४६ सांसद छन्। गठबन्धनमा रहेका दलसँग सभामुखबाहेक ४६ सांसद छन्। तर जसपाले तटस्थ बस्ने निर्णय गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .