ad ad

कोशी


राठी इन्डस्ट्रिजमा भएको आगलागी ९ घण्टापछि नियन्त्रण, ५ करोड क्षति भएको अनुमान

राठी इन्डस्ट्रिजमा भएको आगलागी ९ घण्टापछि नियन्त्रण, ५ करोड क्षति भएको अनुमान

ध्रुव भट्टराई
बैशाख २९, २०८० शुक्रबार ११:५२, विराटनगर

मोरङको बूढीगंगास्थित राठी इन्डस्ट्रिजमा लागेको आगो ९ घण्टापछि निभाइएको छ। बिजुलीका बल्ब र स्विच उत्पादन गर्ने उद्योगमा शुक्रबार बिहान २ बजेदेखि लागेको आगो बिहान ११ बजेतिर नियन्त्रणमा लिइएको हो।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले मोरङ, सुनसरी र झापाका १२ वटा दमकलको सहायतमा ९ घण्टापछि आगो नियन्त्रणमा आएको बताए। आगो निभाउने काममा दमकलसहित नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको थियो।

आगलागीबाट बिजुलीका बल्ब र स्विच उत्पादन गर्ने  युनिटका उपकरणसहित तयारी अवस्थामा राखिएका बल्ब र स्विच जेले नष्ट हुँदा झन्डै ५ करोड बराबरको क्षति भएको अनुमान गरिएको प्रहरीले जनाएको छ।

विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान छ। यद्यपि कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

आगलागीपछिका केही दृश्य

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .