ad ad

कोशी


सहकारीको बचत डुब्न लागेको विषयले प्रदेशसभामा पायो प्रवेश

सहकारीको बचत डुब्न लागेको विषयले प्रदेशसभामा पायो प्रवेश

नेपालखबर
फागुन ६, २०७९ शनिबार १५:४, विराटनगर

विराटनगरमा मुख्य कार्यालय रहेको तुलसी बहुमुखी सहकारी संस्थाको लापरबाहीका कारण बचतकर्ताको रकम जोखिममा परेको विषयले प्रदेशसभामा समेत प्रवेश पाएको छ।

नेपाली कांग्रेसका सांसद हिमाल कार्कीले शनिबारको प्रदेशसभा बैठकको शुन्य समयमा बोल्दै सहकारीको व्यवस्थापनको कमजोरीले गर्दा सहकारी धरासायी बनेकाले बचतकर्ताको बचत डुब्ने अवस्थामा रहेको भन्दै सहकारीको चल अचल सम्पत्ति रोक्का गर्न प्रदेश सरकारको ध्यानाकर्षण गरेका हुन्।

सांसद कार्कीले सहकारी संकटग्रस्त अवस्थामा पुग्न लागेकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। 

बचतकर्तालाई आकर्षक ब्याज दिने प्रलोभनमा पारेर सहकारीले ठूलो रकम बचत गर्न लगाएको भएपनि अहिले सहकारीको अध्यक्ष हाल फरार रहेको जानकारी प्रदेशसभामा सांसद कार्कीले गराएका छन्। 

सहकारी बन्द अवस्थामा हुँदा बचतकर्ताको लाखौँ रुपैयाँ जोखिममा परेकाले उनीहरूको रकम डुब्ने अवस्था आउन नदिनतर्फ सरकारको ध्यान जानपर्ने उनको भनाई छ। 

साथै, उनले उदयपुर सिमेन्ट कारखाना व्यवस्थापनको बेवास्ताका कारण अस्तव्यस्त बनेकाले तत्काल सुधारका लागि प्रदेश सरकारको धयानाकर्षण गराए।

अर्का, सांसद इसराई मन्सुरी किसानले समयमै खाद्य मल नपाउने समस्या तत्काल हल गर्न प्रदेश सरकारमार्फत सङ्घीय सरकारको ध्यानाकर्षण गराए।

सांसद गोविन्द गिरीले प्रदेश सभाको पहिलो कार्यकालमा प्रदेशको नामकरण हुन नसकेको भए पनि नयाँ प्रदेश सभाले तत्काल नामकरणको विषयमा सरकारले छलफल अगाडी बढाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए।

सङ्खुवासभाका सांसद विदुर कुमार लिङथेनले सङ्खुवासभामा बाँदरको आँतकबाट स्थानीय बसाइ सर्न बाध्य भएकाले बाँदर आतङ्क नियन्त्रणका लागि सभामुख मार्फत प्रदेश सरकार र सङ्घ सरकारको ध्यानाकर्षण गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .