हङकङमा लगानी गर्नका लागि एक सयभन्दा बढी कम्पनीले रुचि देखाएका छन्। लगानी योजनाका विषयमा उनीहरुले हङकङका अधिकारीहरुसँग छलफल गरिरहेको अर्थमन्त्री एल्जरनन याउले बताएका छन्।
उनले यो वर्षको उत्तरार्धमा सहरको अर्थतन्त्र ब्युँतिने भविष्यवाणी पनि गरे।
याउले शनिबार विश्वका प्रमुख कर्पोरेसनहरु लगानीका लागि हङकङ आउँदै गरेको बताए। यद्यपि उनले ती कम्पनीको नाम भने बताएनन्।
‘जमिन, कर र वित्तीय बन्दोबस्तबारे उनीहरुको अनुरोधका विषयमा हामी छलफल गरिरहेका छौँ,’ याउले भने, ‘हङकङमा आएर बस्न ती कम्पनीलाई समय लाग्छ। तर, प्रगति चाँडो भइरहेको छ। हामी आशावादी छौँ।’
गत डिसेम्बरमा सरकारले नयाँ लगानी भित्र्याउन पहल सुरु गरेको थियो।
कार्यकारी प्रमुख जोन लीले अक्टोबरमा नीति सम्बोधन गर्दा पनि यसका विषयमा उल्लेख गरेका थिए। एससीएमपी
फागुन ६, २०७९, शनिबार
प्रतिक्रिया