‘चर्को ब्याजदर र प्रतिकुल बैकिङ नीति’ विरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएका मोरङका उद्योगी व्यवसायीले सबै आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्।
नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड र अर्थमन्त्री बिष्णु पौडेलले आन्दोलनका कार्यात्रमm स्थगन गरी बार्ताका लागि बोलाएपछि उद्योगी व्यवसायीहरुले घोषित आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन्।
उनीहरु सरकारसंग बार्ताका लागि आजै काठमाण्डौ प्रस्थान गर्न जनाइएको छ।
नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले अर्थमन्त्री पौडेलले बार्ता र छलफलबाट उत्पन्न समस्या हल गर्न सरकार तयार रहेकाले सम्पुर्ण आन्दोलनका कार्याक्रम स्थगन गरी बार्ताको लागि फोन मार्फत आब्हान गरेकाले तत्कालका लागि आजबाट घोषित आन्दोलनका सम्पुर्ण कार्यक्रम स्थगित गरिएको बताए।
उनले सरकारसंग बार्ताका लागि सात सदस्यी उद्योगी व्यवसायीको टोली आज काठमाडौं जाने पनि जानकारी दिए।
मोरङ व्यापार संघ, नेपाल उद्योग परिसंघ, उद्योग संगठन मोरङ, विराटनगरव्यापार संघ लगायतका प्रतिनिधिमुलक संस्थाबाट बार्ताको लागि जाने तयारी भईरहेको भएपनि सरकारसंगको बार्ताको मिति भने तय भईनसकेको जानकारी दिए।
चर्को ब्याजदर घटाउन माग गर्दै राष्ट्र बैंक अगाडि उधोगीहरुले दैनिक धर्ना दिदै आएका थिए।
उद्योगी व्यवसायीहरुले सरकार र नेपाल राष्ट्र बैंकले आफूहरुलाई विस्थापनमै पार्ने नियत राखेर चर्को ब्याजदर लादेको भन्दै आन्दोलनमा जानुपर्ने बाध्यता सिर्जना भएको बताउदै आएका छन् ।
उद्योगी व्यवसायीहरुका दुई दर्जनभन्दा बढी संघ संस्थाहरुले गएको बिहीबारदेखि राष्ट्र बैंकको विराटनगरस्थित कार्यालयमा धर्ना दिने, बजार बन्द गर्ने लगायतका कार्याक्रम घोषणा गरेका थिए।
उद्योगी व्यवसायीहरुले चालु पुँजी कर्जा निर्देशिका खारेज गर्नुपर्ने,एकल अंकको ब्याजदर कायम गर्नुपर्ने,स्प्रेड दर र संस्थागत ब्याजदर २–२ प्रतिशत कायम गर्नुपर्ने तथा बैंकर र व्यवसायीलाई अलग गर्नुपर्ने लगायतका माग अघि सारेका छन्।

प्रतिक्रिया