कोशी


धनकुटा कांग्रेसमा विवाद, उम्मेदवार छनौटमा क्षेत्रीय सभापतिले मनोमानी गरेको आरोप

धनकुटा कांग्रेसमा विवाद, उम्मेदवार छनौटमा क्षेत्रीय सभापतिले मनोमानी गरेको आरोप

नेपालखबर
भदौ २०, २०७९ सोमबार १६:७, काठमाडौँ

उम्मेदवार छनौटको विषयलाई लिएर नेपाली कांग्रेस धनकुटामा विवाद भएको छ।

प्रदेश ‘ख’ क्षेत्रीय सभापति राजन पौडेलले सहमति विपरित मनोमानी तरिकाले सिफारिस गरेको भन्दै प्रदेश उपसभापतिसहित ८ जना नेताले विरोध गरेका छन्। 

उपसभापति चन्द्र लिम्बु र भिमबहादुर खड्का, सहसचिव मणिराज लिम्बु, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, निवर्तमान सभापति लगायतले विज्ञप्ति जारी गरी प्रत्यक्षतर्फ ११ जना र समानुपातिक तर्फ १७ जनाका नाम प्रस्तावित भएकोमा प्रत्यक्षतर्फ ३ जना र समानुपातिक तर्फ १ महिला सहित २ जना हुनुपर्नेमा प्रत्यक्ष तर्फ ३ र समानुपातिक तर्फ १६ जनाको नाम सिफारीस गरि अरु सदस्यहरुलाई भ्रममा पारेको आरोप लगाएका छन्।

साथै, उपस्थिति भएकाहरुलाई माइन्युटमा हस्ताक्षर गर्न नदिई मनोमानी ढंगबाट आफ्नो नाम प्रत्यक्ष तर्फ १ नं.मा राख्ने र समानुपातिक तर्फ आफ्नै श्रीमतीको नाम १ नं. राखि सिफारिस गरेको भन्दै आपत्ति जनाएका छन्।

यस्तै, उनीहरुले प्रदेश ‘ख’ सभापतिले गरेको काम सच्याउन पार्टीको माथिल्लो निकायमा अपिल पनि गरेका छन्। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad