कोशी


भन्सार छलेको आशंकामा प्रहरीले ८ कन्टेनर स्याउ नियन्त्रणमा लियो

भन्सार छलेको आशंकामा प्रहरीले ८ कन्टेनर स्याउ नियन्त्रणमा लियो

फाइल तस्बिर


नेपालखबर
भदौ ११, २०७९ शनिबार ९:१५, विराटनगर

भन्सार छली गरेको आशङ्कामा प्रहरीले आठ कन्टेनर स्याउ नियन्त्रणमा लिएको छ।

तेस्रो मुलुकबाट आएको स्याउ भन्सार छली गरेर लगिएको आशंकामा शुक्रबार राति नेपाल–भारत सीमा नजिकैबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। स्याउ विराटनगर भन्सारबाट जाँच पास भएर भान्टाबारी नाका हुँदै निकासीका लागि ल्याइएको थियो। 

प्रहरीले नियन्त्रणमा लिएका मध्ये पाँच कन्टेनर भारतीय नम्बर प्लेट र तीन कन्टेनर नेपाली नम्बर प्लेटका छन्। 

प्रहरीले  एनएल ०१ एइ ४७०५, एनएल ०१ एइ ३७२२, एनएल ०१ एन २६६३, एनएल ०१ एबी २४१० एनएल ०१ कियू २२२२, ना. ५ ख ५६००, को १ ख ६९३९०१– ०२–००१ ख ८५५६ नम्बरको कन्टेनर नियन्त्रणमा लिएको हो। ती सबै कन्टेनरमा  चिनियाँ स्याउ छन्। यसअघि पनि चीनबाट स्याउ ल्याएर भारत निकासी भइरहेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad