कोशी


बोलेरो दुर्घटनामा ३ जनाको मृत्यु

बोलेरो दुर्घटनामा ३ जनाको मृत्यु

नेपालखबर
असार १२, २०७९ आइतबार १६:०, काठमाडौँ

इलामको माङसेबुङ गाँउपालिका २ दहगाँउस्थित भित्री सडक खण्डमा बोलेरो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा पाँचथर मिक्लाजुङ गाँउपालिका ५ का ६५ वर्षीय हिम प्रसाद लावती, ६० वर्षीया पदम कुमारी लावती र इलाम माङसेबुङ गाँउपालिका ६ का ५० वर्षीय प्रकाश राई रहेका छन्। 

आज दिउँसो १२ बजे पाँचथरको रबिबाट झापाको दमकतर्फ जाँदै गरेको मे १ ज ४८७ नं. को बोलेरो गाडी सडकबाट अन्दाजी २०० मिटर तल झरी दुर्घटना भएको थियो। 

सो दुर्घटनामा परी हिम प्रसाद र पक्राशको घटनास्थलमानै मृत्यु भएको थियो भने पदम कुमारीको उपचारको लागि दमक अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो। 

बोलेरो चालक तत्काल फरार रहेकोले खोजतलास तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad