कोशी


श्रमदान गरेर धरानवासीलाई पानी खुवाउन उपमहानगर प्रमुख साम्पाङको आग्रह

श्रमदान गरेर धरानवासीलाई पानी खुवाउन उपमहानगर प्रमुख साम्पाङको आग्रह

फाइल तस्बिर


नेपालखबर
असार ११, २०७९ शनिबार १२:१६, काठमाडौँ

सुनसरीको धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले प्राकृतिक वातावरणमा शारीरिक श्रम गरेर धरानवासीलाई पानी खुवाउन सहयोग गर्न युवालाई आह्वान गरेका छन्। 

उनले जिमखानामा शारीरिक व्यायाम गर्ने धरानका युवालाई स्थानीय पकुवा खोलामा प्राकृतिक वातावरणमा शारीरिक श्रम गरेर नगरवासीलाई पानी खुवाउन सहयोग गर्न आह्वान गरेका हुन्। 

‘दिनभरि जिमभित्र फलाम उचालेर बोसो घटाउने युवालाई पकुवा खोलामा प्राकृतिक वातावरणमा शारीरिक श्रम गरेर धरानलाई पानी खुवाउन सहयोग गर्न आह्वान गर्दछु,’ उपमहानगर प्रमुख साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्। 

उनले स्थानीय तह निर्वाचनमा धरानवासीलाई पानी खुवाउने एजेन्डा अघि सारेका थिए। धरान–२० मा पर्ने पकुवा खोलाबाट पानी ल्याउन साम्पाङ आफैँ श्रमदान गर्दै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad