कर्णाली


छैटौँ रारा ट्रेल रनको उपाधि जुम्लाका दलबहादुर र सुनमायालाई

छैटौँ रारा ट्रेल रनको उपाधि जुम्लाका दलबहादुर र सुनमायालाई

नेपालखबर
बैशाख ३०, २०८३ बुधबार १८:२३, सुर्खेत

मुगु जिल्लाको रारातालमा सुरु भएको छैटौँ रारा ट्रेलरनको उपाधी जुम्लाका दलबहादुर कुवंर र सुनमाया बुढाले हात पारेका छन्।  

पुरुषतर्फ जुम्लाको तातोपानी गाउँपालिका–७ दलबहादुर र महिलातर्फ जुम्ला पातरासी गाउँपालिका–२ की सुनमाया बुढाले रारा ट्रेलरनको उपाधी हात पारेका हुन्। 

रारातालको सौन्दर्यताको प्रचारप्रसारको लागि नेपाली सेनाले ६ बर्षदेखि मुगुको रारामा रारा ट्रेल रनको आयोजना गर्दै आइरहेको छ। यो वर्ष पनि नेपालि सेना हनुमानध्वज गुल्मको आयोजनामा बुधबार भएको रारा ट्रेल रनको छैठौ सस्करण १६ किलिोमिटरमा महिलातर्फ ४९ र पुरुष ३१२ जना र एक जना विदेशी नागरिकसहित गरेर ३६१ जना सहभागि थिए।

३११ जना धावकलाई पछि पार्दै दलबहादुर रारा ट्रेलरनको पहिले बनेका हुन्। उनले १६ किलोमिटरको दुरी एक घण्टा १५ सेकेन्डमा पार गरे। 

यस्तै, जुम्लाको कनकासुन्दरी गाउँपालिका–३ का राज बुढा १ घण्टा १ मिनेट ९ सेकेण्ड दोस्रो र मुगुको छायाँनाथ रारा नगरपालिका–१४ बाम गाउँका अक्कल बढुवालले १ घण्टा ३ मिनेट ५५ सेकेण्ड लगाएर तृतीय स्थान हासिल गरेका छन्।

यस्तै, महिला तर्फका ४९ जना धाविकालाई पछि पार्दै सुनमाया प्रथम भइन्। उनले १६ किलोमीटर दुरि निर्धारित १ घण्टा १३ मिनेट ५० सेकेन्डमा पार गरिन्। 

जुम्लाकै पातारासी गाउँपालिका–२ कि राम माया बुढाले १ घण्टा १५ मिनेट १ सेकेण्ड द्वितीय र डोल्पा जिल्ला त्रिभुवन आर्मी कि सुनसरी रोकाया १ घण्टा १७ मिनेट २८ सेकेण्ड लगाएर तेस्रो स्थान हासिल गरिन्।

ट्रेल रनमा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने महिला तथा पुरुषतर्फका विजेता खेलाडीहरुलाई जनही क्रमशः ५० हजार,३० हजार,२० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रमाणपत्र प्रदान गरिएको छ।

नेपाली सेना हनुमानध्वज गुल्मका गुल्मपति खड्गबहादुर श्रेष्ठले कर्णाली प्रदेशको प्रमुख पर्यटकिय स्थल राराको पर्यटन पवद्र्धनसँगै खेलाडि उत्पादनको लागि नेपाली सेनाले हरेक वर्ष रारामा रारा ट्रेल रनको आयोजना गर्दै आएको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad