संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजनीतिक गतिविधिमा संलग्न भएमा कारबाही गर्ने निजामती कर्मचारीलाई चेतावनी दिएको छ।
बुधबार मन्त्रालयले सूचना प्रकाशित गरी निजामती कर्मचारीलाई अनुशासन र आचरणसम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको छ। संविधान र निजामती सेवा ऐनअनुसार निजामती सेवा राजनीतिक रूपमा तटस्थ, निष्पक्ष र उत्तरदायी हुनुपर्ने उल्लेख रहेको स्मरण गराएको छ।
निजामती सेवा ऐन, २०४९ को दफा ६१ उपदफा (१) को खण्ड (ङ) अनुसार निजामती कर्मचारीले राजनीतिमा भाग लिएमा भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउन सकिने व्यवस्था रहेको छ। यो व्यवस्था अनुसार, कर्मचारीले राजनीतिक दल, भ्रातृ संगठनमा लाग्न नहुने जनाएको छ।
राजनीतिक गतिविधिमा संलग्न हुने, भातृ संगठनको सदस्यता लिने वा निर्वाचनमा उम्मेदवार बन्ने कर्मचारीलाई सेवाबाट हटाइने चेतावनी दिइएको छ।

Shares

प्रतिक्रिया