कर्णाली


ग्यास सिलिन्डर लिक हुँदा जाजरकोटमा आगलागी, तीन जना घाइते

ग्यास सिलिन्डर लिक हुँदा जाजरकोटमा आगलागी, तीन जना घाइते

नेपालखबर
चैत २९, २०८२ आइतबार १२:२९, सुर्खेत

जाजरकोटमा खाना पकाउने ग्यास सिलिन्डर लिक हुँदा आगलागी भएको छ। उक्त आगलागीबाट तीन जना घाइते भएका छन्। 

नलगाड नगरपालिका–२ छेप्कास्थित थालुप्रसाद जैशीको भान्सा कोठामा रहेको सिलिन्डर आइतबार बिहान १० बजेको समयमा लिक भएर आगलागी भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय जाजरकोटले ग्यास लिक भएको अवस्थामा जैशीकी श्रीमती ४२ वर्षीया माया जैशीले लाईटरले आगो बाल्ने क्रममा अचानक आगलागी भएको जनाएको छ। 

प्रहरी निरीक्षक एक्कबहादुर नेपालीले आगलागीमा परी माया जैशी, उनका २२ वर्षीय छोरा गणेश गौतम र ३७ वर्षीया रुपा जैसी घाइते भएको जानकारी दिए।

उनकाअनुसार घाइतेहरूको नलगाड नगर अस्पतालमा उपचार भइरहेको छ। आगलागीबाट भौतिक तथा आर्थिक क्षति भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad