डोल्पामा निर्वाचन रद्द गर्न माग गर्दै केही उम्मेदवारले उजुरी दिएका छन्।
नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी र स्वतन्त्र उम्मेदवारले संयुक्त उजुरी दिएका हुन्।
उनीहरूले डोल्पाको काइके गाउँपालिका ४ र ५ नम्बर वडाको मतगणनाका क्रममा केही अर्धकट्टीसहितको मतपत्र भेटिएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासनमा कार्यालयमा उजुरी दिएका हुन्।
जिल्लाभरिको निर्वाचनमा कर्मचारी संयन्त्रबाटै मिलेमतो भएको आरोप ती उम्मेदवार लगाएका छन्।
निर्वाचन रद्द नगरिए उच्च अदालतमा कानुनी उपचार खोज्ने चेतावनी उनीहरूले दिएका छन्।
उनीहरूले पाँच वटा मतपत्रहरूमा मतदान अधिकृत र मतदाताका हस्ताक्षर नभएका अधकट्टीसहितको मतपत्र र सातवटा मतपत्र अधकट्टीहरू भेटिएको उजुरीमा उल्लेख छ।
मुख्य निर्वाचनको अधिकृतको कार्यालयले निर्वाचनको आयोगको प्रतिनिधि सभा सदस्य निर्वाचन कार्याविधि अनुसार विवाद समाधान गरिने जनाएको छ।
मुख्य निर्वाचन अधिकृत चन्द्रदेव भारतीले विवादित मतदान केन्द्रको मतगणना पुन: सुरु गर्न सर्वदलीय बैठक बस्ने तयारी भइरहेको जानकारी दिए।
Shares

प्रतिक्रिया