कर्णाली


कर्णालीका १४ मतदान स्थलमा अझै सुरु भएन मतदान, यस्तो छ कारण

कर्णालीका १४ मतदान स्थलमा अझै सुरु भएन मतदान, यस्तो छ कारण

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-४ स्थित हेल्थ पोस्ट मतदान केन्द्रमा भने मतदान जारी छ।


नेपालखबर
फागुन २१, २०८२ बिहिबार ९:५०, सुर्खेत

कर्णालीका ९५७ मध्ये १४ मतदान स्थलमा मतदान सुरु भएन

कर्णाली प्रदेशका १४ वटा मतदान स्थलमा अझै मतदान सुरु हुन सकेको छैन।

हुम्ला, मुगु र डोल्पा जिल्लाका गरी १४ वटा मतदान स्थलमा मतदान सुरु हुन नसकेको हो।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशभर रहेका ९५७ मध्ये १४ वटा मतदान स्थलमा भौगोलिक बनावट र चिसोका कारण मतदान थाल्न ढिलाइ भएको हो।

हुम्ला, डोल्पा र मुगुमा केही मतदान स्थलमा मदतादा पुग्न समय लाग्ने भएकाले सुरु हुन नसकेको सम्बन्धित निर्वाचन क्षेत्रका मुख्य निर्वाचन अधिकृतले जानकारी दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad