प्रतिनिधि सभा निर्वाचनका लागि भइरहेको मतदान प्रक्रियामा मकवानपुरमा बिहान ९ः४५ बजेसम्म करिब २० प्रतिशत मत खसेको छ।
बिहान ७ बजेबाट सुरु भएको मतदानमा हालसम्म २० प्रतिशत मत खसेको बागमती प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकारी हरि ढकालले जानकारी दिए।
उनका अनुसार जिल्लामा उत्साहपूर्वक शान्तिपूर्णरुपमा मतदान भइरहेको छ। मकवानपुर जिल्लाको प्रतिनिधिसभा निर्वाचनअन्तर्गत २ वटा निर्वाचन क्षेत्रको १६७ मतदान स्थल र ३७४ मतदान केन्द्र रहेका छन्।
54
Shares

प्रतिक्रिया