राष्ट्रियसभा निर्वाचनका लागि कर्णाली प्रदेशमा ९२ प्रतिशत मत खसेको छ। १२ बजेसम्म प्रदेशसभा सदस्य तथा स्थानीय तह गरी ९२ प्रतिशत मत खसेको हो
प्रदेश निर्वाचन कार्यालय कर्णाली प्रदेश सुर्खेतका प्रमुख लालबहादुर गुरुङले १२ बजेसमम्म प्रदेशसभाका ३८ जना र स्थानीय तहका १४५ जनाले मतदान गरेका जानकारी दिए।
प्रमुख गुरुङका अनुसार अब प्रदेशसभाका २ जना र स्थानीय तहका १३ जना जनप्रतिनिधिहरुे मतदान गर्न बाँकी रहेको छ।
कर्णालीबाट २ जना राष्ट्रियसभा सदस्य चुनिँदै छन्।
कांग्रेस-एमाले गठबन्धनबाट कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाही र एमाले केन्द्रीय सदस्य मिनासिंह रखाल उम्मदेवार छन् भने नेकपाबाट रुकुमपश्चिमका बुद्धिप्रसाद शर्मा र डोल्पाकी अञ्जु महतारा शाही प्रतिस्पर्धामा छन्।
कर्णाली प्रदेशमा महिलातर्फ सुर्खेतकी सुमित्रा बीसी र अन्यतर्फ जाजरकोटका मायाप्रसाद शर्माको पदावधि फागुनमा सकिँदैछ। बीसी एमाले र शर्मा तत्कालीन माओवादी केन्द्रको कोटाबाट राष्ट्रिय सभा सदस्य बनेका थिए।
Shares

प्रतिक्रिया