कर्णाली


कर्णालीमा ७ जनाले लिए उम्मेदवारी फिर्ता

कर्णालीमा ७ जनाले लिए उम्मेदवारी फिर्ता

नेपालखबर
माघ ९, २०८२ शुक्रबार १८:४०, सुर्खेत

कर्णाली प्रदेशमा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका सात जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
जसमा कालिकोटका चार जना, सल्यानमा दुई र हुम्लामा एक जनाले उम्मेदवारी फिर्ता लिएका हुन्।

कालिकोटमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध बागी उम्मेदवारी दिएका अर्का केन्द्रीय सदस्य जीवनबहादुर बुढाले उम्मेदवारी फिर्ता लिएका छन्।

यस्तै, कालिकोटबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका हर्षबहादुर बमविरुद्ध बागी उम्मेदवार दिएका भूपेन्द्रजंग शाहीले पनी उम्मेदवारी फिर्ता लिएका छन्।

प्रगतिशील लोकतान्त्रिक पार्टीका धर्मराज न्यौपाने र देशभक्त समाजका उम्मेदवार प्रेमसिंह तिरुवाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यस्तै, सल्यानमा प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट उम्मेदवारी दिएका सन्तोषकुमार राई र आम जनता पार्टीका मानसिङे कामी र हुम्लामा मितेरी नेपाल पार्टीका जयबहादुर शाहीले पनि उम्मेदवारी फिर्ता लिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad