कर्णाली


नेकपा कर्णाली प्रदेश सभा दलको नेतामा मंगल शाही चयन

नेकपा कर्णाली प्रदेश सभा दलको नेतामा मंगल शाही चयन

नेपालखबर
माघ ३, २०८२ शनिबार १८:२३, सुर्खेत

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेश सभा संसदीय दलको नेता चयन गरेको छ। 

शनिबार बसेको संसदीय दलको बैठकले मुगुबाट निर्वाचित प्रदेशसभा सदस्य मंगलबहादुर शाहीलाई ध्वनी मतको आधारमा बहुमतबाट संसदीय दलको नेता चयन गरेको हो।

दलको नेताका लागि प्रदेशसभा सदस्य विन्दमान विष्ट, दुर्गाबहादुर रावत र मंगलबहादुर शाहीले दाबी नछोडेपछि ध्वनी मतले बहुमतको आधारमा शाहीलाई दलको नेतामा चयन भएका हुन्।

दलको नेताका लागि शुक्रबारको बैठमा रणसिंह परियार र कृष्णबहादुर जिसीले पनि दाबी परेका थिए। तर, शनिबारको बैठकमा परियार र जिसीले सहमतिका लागि दाबी छोडेका थिए। 

तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता हुनुअघि राजकुमार शर्मा माओवादी केन्द्रको संसदीय दलको नेता थिए। 

गत मंसिर १७ गते दलको नेताबाट राजनीतामा दिए पनि उनी जनार्दन शर्मा नेतृत्वको प्रगतिशिल लोकतान्त्रीक पार्टीमा लागेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad