जाजरकोटको शिवालय गाउँपालिका-५ मा एक पुरुष मृत फेला परेका छन्।
मंगलबार शिवालय गाउँपालिका-५ थालारैकरस्थित विरालसिमाका सोही ठाउँका ५० वर्षीय खडक परियार मृत भेटिएका हुन्।
जिल्ला प्रहरी कार्यालय जाजरकोटले परियार गएराति आफ्नै घरनजिक झुन्डिएको अवस्थामा फेला परेको जनाएको छ।
घरायसी विवादका कारण परियारले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
78
Shares

प्रतिक्रिया