आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नेकपा एमालेले सुर्खेत निर्वाचन क्षेत्र नम्बर-१ र क्षेत्र नम्बर-२ बाट उम्मेदवारको नाम सिफारिस गरेको छ।
शनिबार बसेको एमाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय समिति क्षेत्र नम्बर-१ र २ को बैठकले १ बाट ध्रुबकुमार शाही र २ बाट कुलमणी देवकोटाको नाम एकल सिफारिस गरेको हो।
शाही नेकपा एमाले कर्णाली प्रदेश कमिटि सचिव हुन् भने देवकोटा नेकपा सुर्खेत जिल्ला कमिटि अध्यक्ष हुन्।
शाहीले २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सोही निर्वाचन क्षेत्रबाट हाल नेपाली कांग्रेसका कार्यवहाक सभापति पूर्णबहादुर खड्कालाई पाराजित गर्दै निर्वाचित भएका थिए।
यस्तै, २०७९ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा उनै खड्कासँग शाही पराजित भएका थिए। आगामी फागुन २१ गते हुने निर्वाचनमा एमालेले पुनः शाहीलाई उम्मेदवार बनाउनका लागि सिफारिस गरेको छ।
Shares

प्रतिक्रिया