ग्लोबल


भारतको छत्तीसगढमा मुठभेड, १४ माओवादी मारिएको दाबी

भारतको छत्तीसगढमा मुठभेड, १४ माओवादी मारिएको दाबी

नेपालखबर
पुस १९, २०८२ शनिबार २०:२५, काठमाडौँ

भारतीय सुरक्षा बलले छत्तीसगढमा बिजापुर र सुकमा जिल्लामा कम्तीमा १४ माओवादी मारिएको दाबी गरेको छ।

बस्तरका आईजी प्रहरी सुन्दरराज पीले अपरेसनका क्रममा शनिबार बिहान ५ बजेदेखि  सुकमा जिल्लामा सुरक्षा बल र माओवादीहरूबीच बिहान ८ बजेसम्म निरन्तर गोली हानाहान भएको बताएका छन्।

प्रहरीका अनुसार, अहिलेसम्म मुठभेड स्थलबाट १४ शव फेला परेका छन्। यीमध्ये दुई शव बिजापुरमा भेटिएका थिए भने बाँकी १२ शव सुकमा जिल्लामा फेला परेका थिए। 

प्रहरीले भिडन्त स्थलबाट ठूलो मात्रामा हतियार पनि बरामद गरेको दाबी गरेको छ। खोजी अभियान अझै जारी छ।

यसैबीच छत्तीसगढका एक प्रमुख माओवादी नेता देवा बार्सेले लगभग २० माओवादीसँगै हैदराबादमा आत्मसमर्पण गरेका छन्। तेलंगाना प्रहरीले यसको पुष्टि गरेको बीबीसी हिन्दीले जनाएको छ। 

दुई वर्षदेखि भारतीय प्रहरीले छत्तीसगढमा माओवादीविरुद्ध सघन अभियान चलाएको छ।

भारतका गृहमन्त्री अमित शाहले देशबाट माओवादी आन्दोलन उन्मूलन गर्न यस वर्ष मार्च ३१ को समयसीमा तोकेका छन्। सोहीअनुसार माओवादीविरुद्धको अपरेसन तीव्र पारिएको बताइएको छ। 

बितेको एक वर्षमा बस्तरमा मात्र ९९ छुट्टाछुट्टै भिडन्तमा २५६ माओवादी मारिएको दाबी भारतीय सुरक्षा बलले गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad