आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) दैलेखले प्रत्यक्षतर्फका उम्मेदवारको नाम सिफारिस गरेको छ।
पार्टीले दैलेखका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवारीका लागि नाम सिफारिस गरी केन्द्रीय कमिटीमा पठाएको निर्वाचन संयोजक गोपाल रिजालले जानकारी दिए।
उनकाअनुसार निर्वाचन क्षेत्र नम्बर १ बाट अम्मरबहादुर थापा, प्रेमबहादुर कटुवाल, बिद्या ढकाल, प्रकाश अधिकारी र रमा रेग्मीको नाम सिफारिस गरिएको छ।
थापा २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए। उनलाई नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र एकीकृत समाजवादी पार्टीबीच भएको बामगठबन्धनको तर्फबाट उम्मेदवार बनेका थिए।
यस्तै, निर्वाचन क्षेत्र नम्बर २ बाट योगेन्द्रबहादुर शाही, उपेन्द्रकुमार रावत, तर्कबहादुर शाही, नमराज योगी, लक्ष्मी कमल न्यौपाने, हर्क थापा र रमा कार्कीको नाम सिफारिस भएको छ।
उम्मेदवार सिफारिस भएका योगेन्द्रबहादुर शाही २०७९ को निर्वाचनमा माओवादी केन्द्रबाट दैलेख निर्वाचन क्षेत्र नम्बर-२ प्रदेशसभा २ बाट उम्मेदवार बनेका थिए।
उनी कर्णाली प्रदेश योजना आयोगका पूर्वउपाध्यक्ष समेत हुन्।
Shares

प्रतिक्रिया