कर्णाली


कर्णालीको भूगोलमा ‘क्लिन स्विप’ गर्दा खुलातर्फ ओली समूहका दुई नेता पाराजित

कर्णालीको भूगोलमा ‘क्लिन स्विप’ गर्दा खुलातर्फ ओली समूहका दुई नेता पाराजित

दिनेश बुढा
पुस ३, २०८२ बिहिबार २१:१, सुर्खेत

नेकपा एमालेको ११औँ महाधिवेशनमा कर्णाली प्रदेश भूगोलतर्फ केन्द्रीय सदस्यमा ओली समूहले क्लिन स्विप गर्दा खुला केन्द्रीय सदस्यमा भने दुई जना पराजित भएका छन्। तीन सय एक केन्द्रीय कमिटी निर्वाचित हुँदा ओली प्यानलबाट चुनाव लडेका दैलेखका लक्ष्मीप्रसाद पोखरेल र धर्मराज रेग्मी पराजित भएका हुन्।

कर्णाली प्रदेशमा ओली समूहबाट उम्मेदवार बनेका पोखरेल र रेग्मी बाहेक अन्य सबै उम्मेदवार विजयी भएका छन्। बिहीबार सार्वजनिक भएको मत परिणामअनुसार पोलिटब्यूरो सदस्य तथा दैलेख इन्चार्जसमेत रहेका पोखरेलले ८४३ मत मात्र प्राप्त गरे। खुला ७२ जनाको कोटामा उनी अटाउन सकेनन्।

१०२६ मत प्राप्त गर्नेले केन्द्रीय सदस्यमा विजयी हासिल गरेका छन्। 

यस्तै, ओली समूहबाट उम्मेदवार बनेका दैलेका धर्मराज रेग्मी पनि पराजित भएका छन्। उनले ९९२ मात्रै मत प्राप्त गरेका छन्। पूर्व माओवादी केन्द्रबाट नेकपा हुँदै एमाले भएका रेग्मी एमालेको केन्द्रीय सदस्य तथा कानून विभाग प्रमुखको जिम्मेवारीमा समेत रहेका थिए। 

कर्णालीबाट एक पदाधिकारी (सचिव)सहित २६ जना नेताले ओली समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए। 

कर्णाली प्रदेशबाट एमाले केन्द्रीय कमिटिमा निर्वाचित र पराजितको विवरण

सचिवमा सुर्खेतका यामलाल कँडेल ११८५ मतका साथ विजयी भएका छन्। 

यस्तै, कर्णाली प्रदेश भुगोल खुला ५ जनामा जितबहादुर मल्ल (मुगु) १९५६, विष्णु रिजाल (दैलेख) १७९०, नवराज रावत (सुर्खेत) १७४८, दल फडेरा (हुम्ला) १६०९ र डम्बरबहादुर सिंह (जाजरकोट) १५८८ मत प्राप्त गरेर केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। 

कर्णालीमा ओली समूहले बर्चश्व जमाउँदा इश्वर पोखरेल समूह भने शून्य बनेको छ। पोखरेल समूहबाट भूगोलतर्फ केन्द्रीय सदस्य लडेका लालबहादुर महतारा (जाजरकोट) ७८३ मत, कुर्मराज शाही (कालिकोट) ७८६ मत र ठम्मरबहादुर विष्ट (सुर्खेत) ८७५ मत मात्रै प्राप्त गरेका छन्।

यस्तै, प्रदेश भूगोल युवा खुला (१) मा रुद्रबहादुर शाही (दैलेख) १४१६ मत प्राप्त गरेर विजयी हुँदा उनका प्रतिद्धन्द्धी तपेन्द्रबहादुर शाही (कालिकोट) ८११ मत प्राप्त गरको छन्।

केन्द्रीय सदस्य प्रदेश भूगोल महिला (३) मा मोहनमाया ढकाल (भण्डारी) (सुर्खेत) १९२३ मत, इन्दिराकुमारी पन्थी (सञ्ज्याल) (कालीकोट) १८५२ र मिनासिंह रखाल (दैलेख) १८१४ मत प्राप्त गरेर विजयी भएकी छन्। मेनका पछाईं (जुम्ला)ले १०९२ मत प्राप्त गरिन्।

यस्तै, केन्द्रीय सदस्य खुलामा ओली समूहबाट उम्मेदवार बनेका निरज आचार्य (जाजरकोट) १३५६ मत, गोरखबहादुर बोगटी (हुम्ला) १३४५ मत, दलबहादुर रावल (हुम्ला) ११९३ मत, मिनबहादुर शाही (कालिकोट) १०२७ मत र राजबहादुर बुढा (क्षेत्री) (दैलेख) १०२७ मत प्राप्त गरेर निर्वाचित हुँदा लक्ष्मीप्रसाद पोखरेल (दैलेख) ८४३ मत र धर्मराज रेग्मी (दैलेख) ९९२ले मत प्राप्त गरेर पराजित भएका छन्। 

केन्द्रीय सदस्य खुला युवामा दैलेखका सुशीलकुमार थापा निर्विरोध निर्वाचित भएका छन्। उनी ओली समूहबाट उम्मेदवार बनेका थिए। 

केन्द्रीय सदस्य खुला (महिला) तर्फ सूर्यकुमारी श्रेष्ठ (दैलेख) १७६१ मत र पद्मा खड्का (सुर्खेत) १७५३ मत प्राप्त गरेर विजयी भएका छन्।

केन्द्रीय सदस्य पिछडिएको क्षेत्रतर्फ कालिकोटका नगेन्द्र शाही (नेशनल) निर्वाचित भएका छन्। 

केन्द्रीय सदस्य पिछडिएको क्षेत्र महिलातर्फ डोल्पाकी पद्मीक्वारी बोहोरा निर्विरोध निर्वाचित भएकी छिन्।

यस्तै, केन्द्रीय सदस्य आदिवासी जनजाती खुलातर्फ चन्द्र प्रकाश घर्ति (सिपी) (जाजरकोट) १४७५ मत, गोविन्द पुन (सल्यान) १३४२ मत, केन्द्रीय सदस्य दलित पुरुषतर्फ मुगुका दानसिंह परियार र, केन्द्रीय सदस्य दलित महिलातर्फ दैलेखी पार्वती विशुन्केले १८९६ मत र केन्द्रीय लेखा आयोग सदस्यमा दैलेखकी नन्दाकुमारी आचार्यले १६६० मत प्राप्त गरेर विजयी भएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad