कर्णाली


इतिहासमा पहिलो पटक राज्यका सबै संरचनामाथि आक्रमण भयो : खड्का

इतिहासमा पहिलो पटक राज्यका सबै संरचनामाथि आक्रमण भयो : खड्का

नेपालखबर
असोज ९, २०८२ बिहिबार १४:११, सुर्खेत

नेपाली कांग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले इतिहासमा पहिलो पटक राज्यका सबै संरचनामाथि आक्रमण भएको बताएका छन्। 

गत भदौ २३ र २४ गते देशभर जेनजी आन्दोलनका नाममा भएको आगजनी र तोडफोडपछि पहिलो पटक गृहजिल्ला सुर्खेत आएका खड्काले यस्तो बताएका हुन्। 

खड्काले नेपाली कांग्रेसको पार्टी कार्यालय अनुगमनपछि पत्रकार सम्मेलनमा बोल्दै नेपालको इतिहासमा नेपाल राज्यका सबै संरचनाहरुमाथि आक्रमण गरिएको बताए। 

उनले भने, ‘आफ्नो जन्मभूमि, ५२ वर्षको राजनीतिक थलो र तपाईंहरुको बीचमा उपस्थिति भएको छु। यस्तो अवस्थामा उपस्थिति भएको छु जतिबेला नेपाल राज्यको वा नेपाल देशको इतिहासमा नेपाल राज्यका सबै संरचनाहरुमाथि गरिएको अमानवीय र बर्बरपूर्ण आक्रमण भएको छ। यो नेपालमा पहिलो पटक भएको हो। नेपाल देश जहिलेदेखि थियो। आजसम्म सिंगो राज्य संरचनामाथि यसरी कहिल्यैपनि आक्रमण भएको थिइनँ।’

यस्तै, खड्काले जेनजी आन्दोनमा भएका भौतिक संरचनामाथिका घटनाप्रति निन्दा र भत्र्सना गरे। उनले भने, ‘जेनजी पुस्ताका भाईबहिनीहरुले देशमा यो अवस्था सृजना गर्नका लागि पक्कै पनि आन्दोलन गर्नुभएको थिएन, जहाँसम्म मलाई विश्वास। तर, ती भाइबहिनीहरु छ। ठूलो षडन्त्रकारीहरुको बर्बरातूर्ण हिंसात्मक परिस्थितिले ज्यान गुमाएकालाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। भने यसबीचमा भएका अमानवीय घटनाप्रति निन्दा र भत्र्सना गर्दछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad