समाज


भक्तपुरमा फरार २० कैदी नियन्त्रणमा, पुनः केन्द्रीय कारागारमा बुझाइयो

भक्तपुरमा फरार २० कैदी नियन्त्रणमा, पुनः केन्द्रीय कारागारमा बुझाइयो

नेपालखबर
असोज ९, २०८२ बिहिबार १४:२५, भक्तपुर

जेनजी आन्दोलनका क्रममा विभिन्न कारागारबाट फरार भएका कैदीबन्दीमध्ये २० जनालाई प्रहरीले नियन्त्रणमा लिई पुनः कारागारमा बुझाएको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरले भदौ २३ र २४ गतेको आन्दोलनकै क्रममा फरार भएका कैदीबन्दीहरूलाई निरन्तर खोजतलासपछि नियन्त्रणमा लिई काठमाडौँको केन्द्रीय कारागारमा बुझाइएको जनाएको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ढुण्डीराज नेउपानेका अनुसार पक्राउ पर्नेहरुमा १ महिला र १९ पुरुष रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad