कर्णाली प्रदेशका सामान्य प्रशासन तथा अन्य सेवा/समूहका ८३ कर्मचारीहरूको सरुवा भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले साउन ३० गते सरुवा तथा कामकाजका लागि खटाएको हो।
सरुवा हुनेमा प्रदेश प्रशासन/सामान्य प्रशासनका आठौँ तहका वरिष्ठ शाखा अधिकृत तीन जना छन्। जसमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र सुर्खेतमा कार्यरत राजेन्द्र पौडेललाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र मन्त्रालयमा कार्यरत पूर्णप्रसाद उपाध्यायलाई आपूर्ति व्यवस्थापन केन्द्रमा सरुवा गरिएको छ।
प्रदेश अस्पतालमा कार्यरत आठौँ तहका वरिष्ठ मेडिकल रेर्कड अधिकृत विनोद बस्नेतलाई आर्थिक मामिला तथा योजना मन्त्रालयमा सरुवा गरिएको छ।
यस्तै, शिक्षा विकास निर्देशनालय, सुर्खेतमा नेपाल प्रशासन/सामान्य प्रशासन सेवा/समूह तथा शाखा अधिकृत पदमा कार्यरत देवकी रावतलाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा कामकाजका लागि खटाइएको छ।
यस्तै, सातौँ तहका शाखा अधिकृत १० जना, ४६ जना छैटौं तहका प्रशासकीय अधिकृत र कम्प्यूटर अधिकृत, रापअन प्रथम वा पाचौँ तहका १६ जना र चौँथो तहका सात जनाको सरुवा भएको छ।
विवरण
Shares

प्रतिक्रिया