मौसम खराबीका कारण कालीकोटमा भएको दुर्घटनाका घाइतेलाई उद्धारमा समस्या भएको छ। सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर उड्ने तयारीमा रहेपनि सुर्खेतमा भारी वर्षा भइरहेकाले पठाउन नसकिएको हो।
जुम्लादेखि सुर्खेतका लागि छुटेको कर्णाली प्रदेश ०२–००१ ख ०९७६ नम्बरको फोर्स गाडी कर्णाली राजमार्गको चौखोला नजिकै शुक्रबार बिहान करिब १० बजेतिर दुर्घटनामा परेको थियो।
कर्णाली राजमार्गस्थित कालीकोटको खाँडाचक्र नगरपालिका–१० चौखोलाबाट खसेर गाडी तीला नदीको भेलमा परेको छ।
गाडी ओभरस्पिडमा भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाई छ।
गाडी सडकबाट लगभग १०० मिटर तल नदीमा खसेको छ।
प्रहरीका अनुसार गाडीमा सवार यात्रुलाई स्थानीयले उद्धार गरी घाइतेलाई अस्पताल पुर्याएका थिए।
गम्भीर घाइते
१) २० वर्षीय प्रकाश शाही (दुवै खुट्टा भाँचिएको), तीलागुफा नगरपालिका–६ कालिकोट
३) २५ वर्षीया गंगा परियार, हिमा गाउँपालिका–१ जुम्ला
४) २८ वर्षीय रविन परियार, (गंगाका श्रीमान)
सामान्य घाइते
१) ५ वर्षीय सुमन परियार, (गंगाका छाेरा)
२) १६ वर्षीय अबिगेल परियार, हिमा गाउँपालिका–२ जुम्ला
३) प्रकाश शाही (सह-सहचालक), शुभकालिका गाउँपालिका–२ कालिकाेट
Shares

प्रतिक्रिया