कर्णाली


माओवादीको असहमतिपछि कर्णाली प्रदेशसभा बैठक अनिश्चित, बजेट भाषणमा ढिलाइ

माओवादीको असहमतिपछि कर्णाली प्रदेशसभा बैठक अनिश्चित, बजेट भाषणमा ढिलाइ

दिनेश बुढा
असार १, २०८२ आइतबार १६:३६, सुर्खेत

कर्णाली प्रदेशसभा बैठक सञ्चालन अनिश्चित बनेको छ। 

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले बजेट निर्माणमा असहमति जनाएपछि बैठक बस्न नसकेको हो। प्रदेश सभा बैठक सञ्चालन नहुँदा बजेट भाषणमा ढिलाइ भएको छ।

माओवादी संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले सरकारले आफूखुसी बजेट ल्याउन लागेको आरोप लगाए। 

माओवादी केन्द्रले कर्णाली सरकारले योजना छनौटसम्बन्धी बनाएको कार्यविधीमाथि प्रश्न उठाउँदै  प्रदेशसभा बैठकमा सहभागी नहुने अडान लिएको छ। जसका कारण सभा सञ्चालनमा ढिलाइ भएको छ।
 

यस्तै, सरकारले ‘आयोजना बैंक’ का नाममा अपारदर्शी र एकलौटी ढंगले बजेट निर्माण प्रक्रिया अघि बढाएको माओवादीको आरोप छ। 

प्रदेश सभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौड्यालले दलहरुबीच कुरा नमिल्दा बैठक सञ्चालनमा ढिलाइ भनेको जानकारी दिए।

बजेटको विषयमा छलफल गर्न बसेकाे माओवादी केन्द्र संसदीय दलको बैठक जारी रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad