राजनीति


संघीय निजामती विधेयक प्रतिनिधिसभामा पेस

संघीय निजामती विधेयक प्रतिनिधिसभामा पेस

नेपालखबर
असार १, २०८२ आइतबार १६:३७, काठमाडौँ

प्रतिनिधिसभाको बैठकमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सम्बन्धि समितिको प्रतिवेदन पेस भएको छ। प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले आज आइतबारको बैठकमा प्रतिवेदन पेस गरेका हुन्। 

जेठ १४ गतेको बैठकमा नै पेस गर्ने तयारी गरिएको निजामती विधेयक विपक्षी दलहरूले बैठक चल्न नदिएपछि रोकिएको थियो। राज्य व्यवस्था तथा सुशासन समितिले जेठ २ गते सर्वसम्मतीले विधेयक पारित गरेको थियो। 

विधेयकमा समितिबाट अवकाश उमेर ५८ बाट ६० वर्ष पुर्‍याउने, कुलिङ पिरियड २ वर्ष राख्ने व्यवस्था गरिएको छ। यी दुवै विषयमा सत्तापक्ष दुई दलसहित अन्य दलले पनि असहमति जनाउँदै आएका छन्।  निजमती कर्मचारी संघ संगठनले पनि उक्त प्रावधान हटाउनुपर्ने मागसहित आन्दोलन जारी राखेका छन्।  

मुख्यसचिव एकनारायण अर्यालसहितका सचिवहरूले प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललाई भेटेर समितिले राखेको प्रस्ताव हटाउन माग गरेका थिए।  


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad