कर्णाली


कर्णालीमा बालबालिका खोजतलास केन्द्र सञ्चालन

कर्णालीमा बालबालिका खोजतलास केन्द्र सञ्चालन

नेपालखबर
बैशाख २८, २०८२ आइतबार १९:४७, सुर्खेत

कर्णाली प्रदेशमा बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र सञ्चालनमा आएको छ। आइतबारदेखि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा सञ्चालनमा आएको हो।

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले केन्द्रको औपचारिक उद्घाटन गर्दै सञ्चालनमा आएको बताए।

मन्त्री भण्डारीले बालबालिकाको खोजतलासका लागि सहयोग पुग्ने उद्देश्यले आश्रयस्थलको रूपमा केन्द्र सञ्चालन गरिएको जानकारी दिए।

मन्त्री भण्डारीका अनुसार कर्णाली प्रदेशमा बालबालिकाको खोजतलासको लागि टोलफ्री नम्बर १०४ मा सम्पर्क गरी समस्या टिपाउन सकिनेछ।

सामाजिक विकास मन्त्रालयको मातहतमा रहेको खोजतलास समन्वय केन्द्रमा प्रहरी र नेपाल टेलिकमको सहकार्य छ।

बालबालिकाको संरक्षण र सम्वर्द्धनमा टेवा पुग्ने विशवास सामाजिक विकास मन्त्रालयले लिएको छ

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad