कर्णाली


ड्रमको डुंगा बनाएर कर्णाली नदी तर्ने क्रममा बेपत्ता युवक मृत भेटिए

ड्रमको डुंगा बनाएर कर्णाली नदी तर्ने क्रममा बेपत्ता युवक मृत भेटिए

दिनेश बुढा
चैत ५, २०८१ मंगलबार १२:१९, सुर्खेत

कर्णाली नदी तर्ने क्रममा बेपत्ता मजदुरको शव फेला परेको छ।

कर्णाली करिडोरको घाटचौर–लैफु सडकमा काम गर्ने मजदुर सोमबार नदीमा बेपत्ता भएका थिए।

ड्रमको डुंगा चढेर कर्णाली नदी तर्ने क्रममा बेपत्ता भएका मुगुको छायाँनाथ रारानगरपालिका–१० का २३ वर्षीय देवनाथ सेजुवाल शव मंगलबार फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक किशोरकुमार केसीले बेपत्ता युवकको शव आफन्तको जिम्मा लगाएइको बताए।

उनका अनुसार सेजुवाल १० महिनादेखि कर्णाली करिडोरमा ज्याला मजदुरी गर्थे।

उनी सोमबार कर्णाली नदी पारिबाट डिजेल राख्ने ड्रम जोडेर बनाइएको डुंगा चढेर काम गर्ने ठाउँमा जाँदै गर्दा खसेर बेपत्ता भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad