कर्णाली


कर्णालीमा पहिलोपटक तरकारी तथा फलफूलको विषादी जाँच गर्ने प्रयोगशाला स्थापना

कर्णालीमा पहिलोपटक तरकारी तथा फलफूलको विषादी जाँच गर्ने प्रयोगशाला स्थापना

नेपालखबर
कात्तिक ४, २०८१ आइतबार १८:४०, काठमाडौँ

कर्णालीमा पहिलो पटक तरकारी तथा फलफूलमा प्रयोग गरिने विषादी जाँच गर्ने प्रयोगशाला स्थापना भएको छ। आइतबार सुर्खेतको वीरेन्द्रनगर–६, स्थित बुलबुले तरकारी बजारमा विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशाला स्थापना गरिएको हो। 

संघीय कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय कृषि प्रयोगशालाको सहयोगमा विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशाला स्थापना गरिएको हो। 

प्रयोगशालाको कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले समुद्घाटन गरेका हुन्। 

प्रयोगशाला उद्घाटन गर्दै मन्त्री शाहले विषादीरहित तरकारी उत्पादन तथा विक्रि वितरणमा कृषक, व्यवसायी र उपभोक्तामा जनचेतनाको आवश्यक रहेको बताए। कर्णाली प्रदेश आफैमा अर्गानिक रहेको उल्लेख गर्दै पछिल्लो समय तरकारी तथा फलफूलमा बढ्दै गएको विषादीको प्रयोगले मानवस्वास्थ्यमा गम्भीर असर पर्दै गएका प्रति सचेत रहनुपर्ने शाहले बताए। 

प्रयोगशाला स्थापना भएसँगै प्रदेश सरकारको अर्गानिक प्रदेशको अवधारणालाई सघाउ पुग्ने मन्त्री शाहको भनाई थियो। सुर्खेतको हर्रे र सल्यानको कपुरकोटमा रहेका प्रयोगशाला यसै वर्ष सञ्चालनमा आउने मन्त्री शाहको दाबी छ। जसका लागि बजेटको व्यवस्थापन भइसकेको उनले बताए।

यस्तै, प्रदेश सरकारले विषादी व्यवस्थापन सम्बन्धी कानुन बनाउने तयारी भइरहेको मन्त्री शाहले बताए।

जीवनाशक विषादी भन्नाले वोट विरुवा, कृषिजन्य पदार्थ, वन तथा वन पैदावर, जीव, पशु पन्छी, मानव स्वास्थ्य, भण्डारण, प्याकेजिङ्ग, निर्माण कार्यमा हानी पुराउने, रोग, कीरा, सुलसुले, नेमाटोड, झारपात, मुसा लगायतबाट बचाउन प्रयोग गरिने प्रङ्गारिक, वनस्पति, जैविक तथा रसायनिक वस्तु हुन्। 

यस्तै, विषादीको प्रयोग गर्दा मानव स्वास्थ्यमा क्यान्सर जस्ता घातक रोगको जोखिम हुने केन्द्रीय कृषि प्रयोगशालाको प्रमुख महेशचन्द्र आचार्यले बताए।

नेपालमा सरदर विषादीको खपत तीन सय ९६ ग्राम खास विषप्रति हेक्टर बाली अनुसार खपत हुने गरेको छ। जसमा तरकारीमा एक दशमलव ६० केजि खास विष प्रति हेक्टरमा प्रयोग हुने आचार्यले बताए। 

यस्तै, नगदे बालीमा सून्य दशमलव १८ केजी, दलहनमा सून्य दशमलव शुन्य पाँच केजी, अन्नबाली सून्य दशमलव शुन्य चार केजी र फलफूलमा शुन्य दशमलव शुन्य दुई केजी खास विष प्रति हेक्टर जमिनमा प्रयोग हुने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad