ad ad

कर्णाली


हुम्ला जिप दुर्घटना : गम्भीर घाइते ४ जनालाई हेलिकप्टरबाट सुर्खेत ल्याइयो

हुम्ला जिप दुर्घटना : गम्भीर घाइते ४ जनालाई हेलिकप्टरबाट सुर्खेत ल्याइयो

नेपालखबर
भदौ ५, २०८१ बुधबार १६:३६, सुर्खेत

बुधबार बिहान हुम्ला जिल्लाको चंखेली गाउँपालिकामा जिप दुर्घटनाबाट गम्भीर घाइतेहरुको हेलिकप्टरबाट उद्धार गरिएको छ। गम्भीर घाइते ४ जनालाई थप उपचारका लागि सिम्रिक एयरको हेलिकप्टरबाट उद्धार गरेर कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेत ल्याएको हो। 

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकामा चंखेली गाउँपालिकाका ३५ वर्षीय सुरेन्द्र शाही, ५० वर्षीय तिलबहादुर शाही, र मुगुको छायाँनाथ नगरपालिका–१३ का ४० वर्षीय पृथ्वी रावत र रमेश मल्ललाई थप उपचारका लागि रिफर गरिएको हो। 

प्रहरीका अनुसार अन्य घाइतेको अवस्था सामन्य रहेको छ। उनीहरूको चंखेली गाउँपालिकामा रहेको दार्मा स्वस्थ्य चौकीमा उपचार भइरहेको छ। 

आज बिहान करिब ८ बजेको समयमा चङ्खेली गाउँपालिका २ गर्खाबाट देउली बजारतर्फ गइरहेको कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको जिप मुगु सडकको गौरीसल्लामा दुर्घटना भएको थियो।

दुर्घटनामा घाइते भएका ७ जना घाइते भएका थिए। 

मोड्ने क्रममा जिप सडकबाट एक सय ५० मिटर तल खसेको प्रहरीको भनाइ रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .