ad ad

समाज


धनगढीमाई नगर प्रमुख महतोले पत्रकारलाई धम्क्याए

धनगढीमाई नगर प्रमुख महतोले पत्रकारलाई धम्क्याए

नेपालखबर
भदौ ५, २०८१ बुधबार १६:३७, काठमाडौँ

नेपाल पत्रकार महासंघ सिरहा शाखाका सदस्य मुकेश यादव (स्वामी) लाई समाचारको विषयलाई लिएर सिरहास्थित धनगढीमाई नगरपालिकाका प्रमुख शिव शंकर महतोले गालीगलौज गरी धम्क्याएको नेपाल पत्रकार महासंघले जनाएको छ।

सुप्रिम खबर अनलाइन, न्यूज कारखाना र प्राइम टेलिभिजनमा २०८१ साउन २३ गते संप्रेषित समाचारलाई लिएर पत्रकार यादवलाई नगरपालिका प्रमुख महतोले समाचार मेटाउन दबाब दिँदै ‘तँ दुई कौडीको पत्रकार समाचारको तथ्य प्रमाणित गर्न नसके जे पनि हुनसक्छ' भनी धम्कीपूर्ण भाषा प्रयोग गर्दै गालीगलौज गरेको महासंघ सिरहा शाखाले जनाएको छ।

‘सम्प्रेषित समाचारप्रति चित्त नबुझे या गुनासो भए त्यसउपर कानुनी उपचारमा जानसकिने या प्रेस काउन्सिल नेपालमा उजुरी गर्नसकिने विकल्पलाई छाडेर सार्वजनिक पदमा वहाल प्रमुखजस्तो जिम्मेवार व्यक्तिले देखाएको यो व्यवहार अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको प्रहार हो।’ महासंघले घटनाबारे विज्ञप्ति प्रकाशित गरी भनेको छ।

साथै संविधानले सुनिश्चित गरेको प्रेसको अधिकारको सम्मान गर्न र यस किसिमका हर्कत नदोहोर्‍याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदै महासंघले पत्रकारलाई सुरक्षित र निर्भीक रुपमा काम गर्ने वातावरण निर्माण गर्न स्थानीय प्रशासनसँग माग गरेकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .