कर्णाली


चिनियाँ ट्रकमा हालेर हुम्ला पुर्‍याइयो बस, स्थानीयले गरे भव्य स्वागत

चिनियाँ ट्रकमा हालेर हुम्ला पुर्‍याइयो बस, स्थानीयले गरे भव्य स्वागत

नेपालखबर
भदौ १२, २०८० मंगलबार १९:२३, सुर्खेत

सुर्खेतबाट रसुवाको केरुङ्ग नाकाहुँदै चिनबाट हुम्ला पुगेका बसलाई स्वागत गरिएको छ। पहिलोपटक चिनियाँ ट्रकमा हालेर  हुम्ला पुर्‍याइएका बसलाई मंगलबार स्वागत गरिएको हो। 

हुम्ला सदरमुकाम सिमकोटबाट हिल्सा सडकमा सञ्चालन गर्नेगरी हुम्लाकै व्यवसायी विजय लामाले हुम्ला पुर्‍याएका हुन्। स्थानीयले बसलाई नेपाल–चीन सीमाना हिल्सामा स्थानीयले स्वागत गरेका हुन्। 

व्यवसायी लामाले बस राष्ट्रिय सडक सञ्जाल नजोडिँदा व्यवसायी लामाले रसुवाको केरुङबाट तिब्बतको बाटोहुँदै सोमबार नेपाल–चीन सीमा नाका हिल्सा पुर्‍याएका छन्। 

चीनको बाटोमा नेपाली नम्बर प्लेटका गाडीहरू गुडाउन नमिल्ने भएकाले चिनियाँ ट्रकमा लोड गरेर पठाएका दुबै बस एक दिन ढिलागरी नेपालीभूमी हिल्सामा पुगेको सञ्चालक लामाले जानकारी दिए।

पहिलो पटक बस हिल्सा पुगेपछि स्थानीयले लामा संस्कार अनुसार मदिरा र खादाले भव्य स्वागत गरेका छन्। कुनै नयाँ कार्य गर्दा लामा समुदायमा यसरी स्वागत गरेर उत्साह मनाउने प्रचलन छ।

लामाले हुम्ली नागरिकहरुलाई यातायातमा सहज रुपमा बस सेवा प्रदानका लागि बस हुम्ला पुर्‍याएको जानकारी दिए। 

बस चालक पनि हुम्ला पुगिसकेका छन्।  उनका अनुसार रक्षाबन्धन लगत्तै सिमकोट–हिल्सा–सिमकोट सडकमा बस सञ्चालन गरिने छ।

उक्त बस सिमकोट–हिल्सा सडकमा सञ्चलान हुने छ। यसअघि नै सञ्चालनमा आएको यो सडकमा हाल बोलेरो जीपहरु सञ्चालनमा छन्। 

जीपहरूले सिमकोट–हिल्सा जाने प्रति यात्रुहरुबाट पाँच हजार भाडा लिने गरेका छन्। 

हुम्लामा डिजेल अहिले पनि हवाई जहाजबाट ढुवानी हुने गरेको छ। 

व्यवसायी लामाका अनुसार गाडी भाडा समायोजनमा सबै पक्षसँग छलफल दर तय गरिने बताएका छन्। 

उनका अनुसार सिमकोट–हिल्सा सडकको दुरी करिब ९० किलोमिटर रहेको छ। बस सञ्चालन भएपछि सिमकोटबाट हिल्सा तथा नाम्खा गाउँपालिकाका वडा नम्बर १ देखि ५ नम्बर वडाका नागरिकहरु प्रत्यक्ष लाभान्वित हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .