ad ad

कर्णाली


मकै गोड्दै गरेकी किशोरीलाई सिकारीले हानेको गोली लाग्दा मृत्यु

मकै गोड्दै गरेकी किशोरीलाई सिकारीले हानेको गोली लाग्दा मृत्यु

प्रतिकात्मक तस्बिर


नेपालखबर
जेठ २२, २०८० सोमबार ६:२१, काठमाडौँ

कालीकोटमा सिकारीले हानेको गोली लागेकी किशोरीको मृत्यु भएको छ। जिल्लाको नरहरिनाथ गाउँपालिका–५ रुप्साका १७ वर्षीया यलिसा सहकारीको मृत्यु भएको हो। 

यही जेठ १९ गते दिउँसो मकैबारीमा मकै गोड्दै गर्दा स्थानीय एक सिकारीको गोली लागेर सहकारी घाइते भएकी थिइन्। घाइते सहकारीको प्राथमिक स्वास्थ्य चौकी कुमालगाउँमा उपचार सम्भव नभएपछि कर्णाली प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको थियो र उपचारकै क्रममा २१ गते उनको मृत्यु भएको स्थानीय नेत्रराज बोगटीले बताए। 

गाउँकै एक स्थानीयले भरुवा बन्दुकले ढुकुरलाई हान्दा मकै गोड्दै गरेकी सहकारीको टाउकोमा गोली लागेको थियो। सहकारीको आइतबारै  पोस्टमार्टम गरी सुर्खेतको गिरीघाटमा अन्त्येष्टि गरिएको छ। सहकारी कक्षा–१० मा पढ्थिन्। घटना के, कसरी भयो भन्ने बारेमा बुझ्न प्रहरीले अनुसन्धान गरिरहेको कालिकोट जिल्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी शुभराज बमले जानकारी दिए। रारास

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .