डा. नवराज केसीको कृति ‘शून्यको मूल्य’ ले २०७९ सालको उत्तम शान्ति पुरस्कार पाउने भएको छ। उत्तम कुँवर स्मारक पुरस्कार गुठीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीको कृति ‘शून्यको मूल्य’लाई पुरस्कार दिने घोषणा गरेको हो।
गुठीका सभापति डा. पार्थिवेश्वर तिमिल्सिनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पुस्तकमार्फत अँध्यारो समाजलाई उज्यालोतर्फ उन्मुख गराउने सन्देशसहित कर्णालीका आमाहरूको दुःखपीडा, साहस र संघर्षलाई अत्यन्त मार्मिक, यथार्थपरक र आख्यानात्मक शैलीमा प्रस्तुत गरेबापत साहित्यकार डा केसीलाई पुरस्कार दिने निर्णय गरेको छ।’
ताम्रपत्रसहित पुरस्कारको राशि एक लाख रुपैयाँ छ ।
साहित्यिक पत्रकार उत्तम कुँवरको सम्झनामा उनकी धर्मपत्नी शान्ति कुँवरले २०४४ सालमा स्थापना गरेको यो पुरस्कार उत्तम कुँवर जन्मजयन्तीका अवसरमा जेठ १२ मा प्रदान गरिन्छ।
२०७९ सालमा प्रकाशित ‘शून्यको मूल्य’ डा. केसीको सिर्जनात्मक गैरआख्यान पुस्तक हो।
सुर्खेतका डा. केसी बालरोग विशेषज्ञ हुन्।
Shares

प्रतिक्रिया