ad ad

कर्णाली


कर्णालीमा एमालेले मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिने

कर्णालीमा एमालेले मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिने

नेपालखबर
चैत १७, २०७९ शुक्रबार १६:४५, सुर्खेत

नेकपा एमालेले कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत दिने भएको छ।

शुक्रबार बसेको कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको नवौँ बैठकमा आफ्ना धारणा राख्दै एमाले संसदीय दलका नेता यामलाल कँडेलले विश्वासको मत दिने बताए।

उनले भने, ‘हामी सत्ता पक्षकै सिटमा बसेका छौँ। हामी बसेको अगाडि सत्ता पक्ष लेखेको छ। सत्ता पक्षमा बसेर विपक्षमा मत दिँदैनन्। यदी विपक्षमा मातदान गर्ने भए हामीले त्यही अनुसारको तयारी थाल्ने थियौँ। हामी र हाम्रो दल आज जो अवस्थामा छ। त्यही अवस्थामा रहनेछ। यसमा कुनै दुविधा छैन।’

यस्तै, नेपाली कांग्रेस पनि मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिने संकेत गरेको छ। नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले बैठकमा आफ्ना धारणा राख्दै शाहीले मुख्यमन्त्रीलाई विश्वासको मत संकेत दिएका हुन्।

उनले भने, ‘मैले हिजो पनि भनेको थिए। यदी सरकार र तपाईहरु संकटमा हुनुहुन्छ भने म दलको हिसावले सकरात्मक रुपमा सोच्ने छु। 

मुख्यमन्त्री शर्माले नेपालको संविधान २०७२ को धारा १८८ को उपधारा २ बमोजिम आफूलाई प्रदेश सभाको विश्वास छ भनी प्रस्ताव राखेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .