चैत ५ गते आइतबार नयाँ नेतृत्वका लागि भएको स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचनमा कर्णालीका १६ क्याम्पसको नतिजा सार्वजनिक भएको छ।
आइतबार कर्णाली प्रदेशका ४० वटा क्याम्पस मध्ये १८ वटा क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो।
१६ वटा क्याम्पसको नतिजा सार्वजनिकहुँदा सबै भन्दा बढी नेपाली कांग्रेस निकट नेपाली विद्यार्थी संघ(नेविसंघ)ले जित हात पारेको छ।
हालसम्मको नतिजा अनुसार नेविसंघले ९ वटा क्याम्पस, नेकपा माओवादीनिकट अखिल क्रान्तिकारीले ४, नेकपा एमाले निकट अनेरास्ववियुले दुई र स्वतन्त्र एक क्याम्पसको स्ववियु सभापतिमा विजयी भएका छन्।
सुर्खेतको विद्यापुर जनता बहुमुखी क्याम्पसमा नेविसंघका चेतन नेपाली निर्वाचित भए। यहाँ नेविसंघ र अखिल क्रान्तिकारीबीच गठबन्धन भएको थियो।
दैलेखको दोञ्चल बहुमुखी क्याम्पस दुल्लु दैलेखमा प्रकाश थापा, चामुण कलेजमा चामुण्डा दैलेखमा सुनिल शाही (नेविसंघ/अखिल क्रान्तिकारी) गठबन्धन, आठबीस शिक्षा क्याम्पस आठबीस दैलेखमा नगेन्द्रबहादुर शाही भेरी ज्ञनोदय बहुमुखी क्याम्पस जाजरकोटमा प्रकाश सिंह निर्वाचित भए।
यसैगरी रुकुमेली क्याम्पस रुकुम पश्चिममा अनिशेस केसी, जुम्ला बहुमुखी क्याम्पसमा महेश हमाल, रारा बहुमुखी क्याम्पस मुगुमा राज तामाङ र डोल्पो क्याम्पस दुनै डोल्पामा खिमबहादुर रोकाया विजयी भए।
डोल्पो क्याम्पसमा अनेरास्ववियुु र नेविसंघबीच गठबन्धन भएको थियो।
कर्णालीमा अखिल क्रान्तिकारीले चार वटा क्याम्पसमा जित हात पारेको छ। जसमा चौजरजहारी क्याम्पस रुकुम पश्चिममा भरत विक, राडीज्युला शिक्षा क्याम्पस रुकुम पश्चिममा दिपक केसी, तिला कर्णाली बहुमुखी क्याम्पस कालीकोटमा हिक्मत सिंह र जनचेतना बहुमुखी क्याम्पस कालीकोटमा पार्वतीकुमारी सन्ज्याल विजयी भए।
नेकपा एमाले निकट अनेरास्ववियुले सुर्खेतका दुई वटा क्याम्पसमा मात्रै जित हात पार्यो। सुर्खेतको भेरी बुखुमुखी क्याम्पसको सभापतिमा शक्ति पौडेल र सिम्ता बहुमखी क्याम्पसको सभापतिमा घनश्याम रेग्मी विजयी भए।
सल्यानमा रहेको कपुरकोट बहुमुखी क्याम्पसमा स्वतन्त्र उम्मेदवार रामप्रसाद आचार्य निर्वाचित भए। नेविसंघ निकट उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए।
जाजरकोटमा रहेको नलगाड जाजरकोट बहुमुखी क्याम्पसमा एक मतको विवाद हुँदा नजिता आउँन सकेको छैन। सुर्खेतमा रहेको सुर्खेत बहुमुखी क्याम्समा सोमबार बिहान ९ बजेदेखि सुरु भएको मतगणना जारी छ।
कर्णालीका १६ क्याम्पसमा स्ववियु नयाँ नेतृत्व सर्वसम्मत भएकोमा ६ वटा क्याम्पसमा निर्वाचन स्थगित भएको थियो।
प्रतिक्रिया