मुगुमा रहेको रारा बुहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्षमा नेपाल विद्यार्थी संघका राज तामाङ निर्वाचित भएका छन्। आइतबार भएको निर्वाचनमा उनले एक सय १७ मत प्राप्त गर्दै स्ववियुको अध्यक्षमा निर्वाचित भएका हुन्।
तामाङले अनेरास्ववियुबाट अध्यक्ष पदका उम्मेदवार अनेरास्ववियुकी वैदेवी बुढालाई पराजित गरेका हुन्। बुढाले ७२ मत प्राप्त गरेकी छन्।
कोषाध्यक्षमा अनेरास्ववियुकी वसन्ती रोकाय निर्वाचित भएकी छन्। उनले ९८ मत प्राप्त गरेकी छन्।
यस्तै, रोकायले नेविसंघबाट कोषाध्यक्षको उम्मेदवार रक्षा महतराले ९० मत प्राप्त गरेकी छन्।
रारा बहुमुखी क्याम्पस मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस अन्तरर्गत पर्दछ।
यस क्याम्पसमा जम्मा मतादाता संख्या २६० मा २०७ मत खसेको थियो।
सुर्खेतको भेरी क्याम्पसमा अनेरास्वियु
यता, मध्यपश्चिचम विश्वविद्यालय अन्तरगत सुर्खेतको भेरी क्याम्पस गुमीमा एमाले निकट अनेरास्वियुको पुरै प्यानल विजयी भएको छ।
निर्वाचन समितिका अनुसार अनेरास्वियुका शक्ति पौडेलले गठबन्धनका दिपेन्द्र पगालीलाई ३५ मतको अन्तरले पराजित गरेका हुन्।
यो सँगै सुर्खेतका ४ वटा क्याम्पसमा अनेरास्वियुले विजय हासिल गरेको छ। सुर्खेतको ठूलो क्याम्पस सुर्खेत बहुमुखी क्याम्पसमा भने भोलि मात्र मतगणना हुने भएको छ।
प्रतिक्रिया